काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बोर्डको सीईओमा नियुक्त गरेको हो ।
उनी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी समेत रहेर काम गरेका व्यक्ति हुन् ।
बोर्डको सीईओ बन्न आवेदन दिएकामध्ये छनौट तथा सिफारिस समितिले तयार गरेको सर्टलिस्टमा ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगाना परेका थिए ।
बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री र उपाध्यक्षमा अर्थमन्त्री रहने व्यवस्था छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।