मेरिङदेन गाउँपालिकाको ४७ करोड ४२ लाखको बजेट सार्वजनिक,आगामी वर्ष पूर्वाधार र सडक विकासलाई प्राथमिकता
काठमाण्डौ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष युक हाङ वीर हाङ्गाम (डम्बर) को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङबाङले गाउँसभाको १९औँ बजेट अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्।

