उपत्यकामा १,८०६ सवारी चालक कारबाहीमा, १८ लाखभन्दा बढी राजस्व संकलन
काठमाण्डौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १,८०६ सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गरिएको छ । कारबाहीबाट राज्यकोषमा रु १८ लाख ७६ हजार ५०४ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

