त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा लगाए आगो, घाइते अवस्थामा अस्पताल भर्ना
काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै रहेको अवस्थामा आगो लगाएका छन्।प्रहरीका अनुसार बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसमा आगजनी गरेका हुन्। घटनाको समयमा बसमा कुनै यात्रु भने थिएनन्।चालकले बसभित्रैबाट आगो लगाएपछि गाडी ह्वारह्वार्ती बल्न थालेको थियो। आगलागीको सूचना पाएलगत्तै दमकल घटनास्थल पुगेको र...

