ट्रम्प–नेतन्याहुबीच इरान रणनीतिमा तीव्र मतभेद, तनावपूर्ण वार्ता
काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीच इरानलाई लिएर अपनाइने रणनीतिबारे गहिरो मतभेद सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन ले अमेरिकी प्रशासनका उच्च अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार मंगलबार भएको टेलिफोन वार्ता असाध्यै तनावपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

