NEWS

६ महिनामा ७ अर्बको कफी तथा चिया निर्यात, १ अर्ब ५४ करोडभन्दा बढी राजस्व संकलन

काठमाण्डौ ।चालू आर्थिक वर्ष २०८०/ ०८१ को ६ महिनामा  नेपालबाट ७ अर्ब रुपैयाँ बराबरको कफी तथा चिया निर्यात भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ७ अर्ब २४ करोड ४६ लाख ५६  हजार रुपैयाँको कफी तथा चियालगायत वस्तु निर्यात गरेको हो ।