कांग्रेसमा समानान्तर शक्ति प्रदर्शनः देउवा समूह पनि वडा अधिवेशनमा, मंसिरमा छुट्टै महाधिवेशन
काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद कायमै रहेका बेला पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। देउवा समूहले बिहीबारदेखि वडा तहको अधिवेशन सुरु गर्दै समानान्तर महाधिवेशन प्रक्रियामा प्रवेश गरेको हो।कांग्रेसको अर्को पक्षले यसअघि नै वडा अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रक्रिया अघि बढाइसकेको अवस्थामा...

