तिब्बतमा रातिको शक्तिशाली भूकम्पले विनाश १६ जनाको मृत्यु सयौं घरमा क्षति
काठमाण्डौ । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सार्वजनिक अद्यावधिक विवरणअनुसार घाइतेको संख्या ४६ पुगेको छ। तीमध्ये ११ जनाको अवस्था गम्भीर छ भने ३५ जनालाई सामान्य चोट लागेको छ। प्रारम्भिक विवरणमा घाइतेको संख्या ३२ उल्लेख थियो।नाग्छु सहरअन्तर्गत बाकेन काउन्टीमा गएको...

