टाइम फर्माको ५०० रुपैयाँ ‘कटअफ’मा चलखेलको आशंका, प्रिआईपीओ लगानीकर्ता जोडिएका फण्डले नै महँगो बोली लगाए !
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको प्रतिकित्ता ‘कटअफ’ मूल्य ५०० रुपैयाँ कायम भएको छ। यही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणले कम्पनीको आईपीओ प्रतिकित्ता ४५० रुपैयाँमा खरिद गर्नुपर्नेछ।तर योग्य संस्थागत लगानीकर्ताबीच भएको मूल्य निर्धारण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। बिजशालालाई प्राप्त केही...

