सिमलतालमा त्रिशूली नदीको कटानले सडक भासियो
काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीले सडक कटान गर्दा सडकको करिब आधा भाग भासिएको छ।सडकको केही भाग भासिएपछि उक्त स्थानमा यातायात एकतर्फी अवरुद्ध भएको छ। सडकको आधा भाग भासिएकाले सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ।

