काठमाण्डौ । त्रिशूली नदीमा पानीको बहाव बढेसँगै धादिङको गल्छी गाउँपालिका–४, चिरौँदीमा चारवटा घर बगेका छन्। आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदी हुँदै त्रिशूलीमा बाढीको बहाव बढेपछि नदी तटीय क्षेत्रमा रहेका घरहरू बगेका हुन्।
बाढीले स्थानीय कर्णबहादुर मगरको पक्की घर तथा रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलका ब्लकबाट निर्मित घर बगाएको हो। ती घरहरू यसअघि बुधबार आएको बाढीबाट समेत क्षतिग्रस्त भएका थिए।
बाढीको बहाव बढेसँगै सोही क्षेत्रका विष्णुबहादुर मगरको घरसमेत जोखिममा परेको छ। नदी तटीय क्षेत्रमा रहेका रामशरण राई र श्यामलाल श्रेष्ठका घर पनि जोखिममा रहेको छ ।
यसैगरी, नदीले बेल्खु क्षेत्रमा सडकतर्फ कटान गरिरहेको जनाइएको छ। नदीको बहाव बढिरहेका कारण स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।