चालक आत्मदाहले उठायो ट्राफिकको भूमिकामाथि प्रश्न, ६ संगठनले मागे न्यायिक छानबिन
काठमाडौंको त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिकका विभिन्न संघ–महासंघले माग गरेका छन्।६ वटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनालाई सामान्य चालक–ट्राफिक विवादका रूपमा मात्र नहेरी कानुन कार्यान्वयन गर्ने निकायको कार्यशैली, व्यवहार र...

