रातो पासपोर्ट दुरुपयोग प्रकरणमा संविधानसभाका तीन सदस्यलाई जेल सजाय
काठमाण्डौ । रातो पासपोर्ट दुरुपयोग तथा कीर्ते कागजसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले संविधानसभाका तीन पूर्वसदस्यलाई कैद र जरिवाना गर्ने जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ।उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासले गत असार २३ गते गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई राहदानी ऐनविपरीतको कसुरमा...

