हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान
काठमाण्डौ । हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै सरकारले त्यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने तयारी तीव्र बनाएको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले कपडा उद्योगका लागि आवश्यक कपास नेपालमै उत्पादन गर्न निजी क्षेत्र तथा व्यवसायीलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छन्।नेपालका कपडा उद्योगले ठूलो मात्रामा कच्चा कपास आयात गर्नुपर्ने अवस्था रहेको भन्दै...

