भोटेकोशीको बाढीले ऊर्जा क्षेत्रमा ठूलो धक्का, ११ जलविद्युत् आयोजना प्रभावित
काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजना प्रभावित हुँदा सयौं मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने करिब ४०५ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। त्यस्तै...

