विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट असार १६ गते सर्वोच्चमा सुनुवाइ हुने
काठमाण्डौ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले असार १६ गते सुनुवाइ गर्ने भएको छ।उनकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

