वैदेशिक रोजगार विभागमा अनलाइन उजुरी प्रणाली सुरु, अब फाइल बोकेर धाउन नपर्ने
काठमाण्डौ । वैदेशिक रोजगार विभागले गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ प्रणालीसँगै सेवाग्राहीले उजुरी दर्ता गर्न विभागसम्म फाइल बोकेर धाउनुपर्ने बाध्यता हट्ने भएको छ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार विभागको निरीक्षण तथा अनुगमनका क्रममा उक्त प्रणालीको शुभारम्भ गरेका हुन्।

