एकै महिनामा ७३ हजार नेपाली विदेशिने लाइनमा, एकतिहाइको रोजाइ युएई
काठमाण्डौ । रोजगारीका लागि विदेशिने नेपालीको संख्या अझै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा मात्रै ७३ हजार ७६५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।विभागको तथ्याङ्कअनुसार श्रम स्वीकृति लिनेमा ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला छन्। कुल संख्यामा पुरुषको हिस्सा करिब ८५.९ प्रतिशत र महिलाको १४.१ प्रतिशत छ।पहिलोपटक...

