बुधबार, फाल्गुन ६,२०८२ 05:56:34
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:56:34
Bizshala
Global IME Bank Limited

जापान अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने,सीप परीक्षा के हुन्छ ?

जापान अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने,सीप परीक्षा के हुन्छ ?
Shivam Cement

काठमाण्डौ। नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको छ। नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौताअनुसार यसअघि अन्य क्षेत्र जस्तै अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जान सकिने वैदेशिक रोजगार विभागले जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

रोजगार विभागका अनुसार यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए) का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट भएको हो।

नेपालबाट पहिलोपटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जान पाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए। 

जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै नेपालमै आएर समेत अवसर सिर्जना गर्न सक्ने र प्राप्त गर्नसक्ने दाबी गरे।

कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ?

नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ। एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जान पाउनेछन्।

जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। परीक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ। जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ। अन्य शैक्षिक योग्यता भने चाहिँदैन।

सीप परीक्षा के हुन्छ ?

परीक्षामा पेपर टेस्ट र भवन सरसफाइसम्बन्धी कामको तालिम परीक्षा हुनेछ। पेपर टेस्ट अर्थात् कागजी परीक्षामा तस्बिर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ। 

कार्य परीक्षणमा भुँइ सफाइ, सिसाको सफाइ र पश्चिमी शैलीका शौचालयको सफाइ हुनेछ। यी दुवै परीक्षा वा परीक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ।

यसका लागि तालिम बानेश्वरस्थित प्लेन्टी नेपालले दिनेछ। अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ।

कति जना जान पाउँछन् ?

जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ।

ती कम्पनीमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ। नेपालमा काठमाडौंको बानेश्वरस्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीले जनाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.