बुधबार, मंसिर ९,२०८३ 04:44:14
  • बुधबार, मंसिर ९,२०८३ 04:44:14
Global IME Bank Limited

नेपोभिटले ल्यायो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन, १८ आकर्षक डिजाइनमा उपलब्ध

Bizshala
नेपोभिटले ल्यायो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन, १८ आकर्षक डिजाइनमा उपलब्ध
New Office

काठमाण्डौ । नेपालको पहिलो टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले नयाँ अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ। आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको उक्त कलेक्सनमा १८ वटा फरक डिजाइन समावेश छन्।

नेपालको हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित यो कलेक्सन ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार गरिएको कम्पनीले जनाएको छ। प्रकृति र आधुनिक वास्तुकलाको संयोजनलाई टायल्सको डिजाइनमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ कलेक्सन बजारमा ल्याइएको हो।

६००×१२०० मिलिमिटर आकारमा उपलब्ध यी टायल्समा गोल्डेन तथा एम्बर भेइनिङ, ग्रे प्याटर्न, मार्बलबाट प्रेरित डिजाइन र सेतो टेक्स्चर समावेश छन्। ग्लसी फिनिसमा उपलब्ध टायल्स घर, होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनका विभिन्न इन्टेरियरमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

CG Motors
Garima Development Bank
IME remit

कलेक्सनमा मार्मो गोल्ड, लिक्विड गोल्ड, ल्यापिस गोल्ड, अरबेस्काटो गोल्डलगायतका आकर्षक डिजाइन छन्। त्यस्तै, ग्यारी ह्वाइट, सेन्चुरी नेचुरल, स्ट्याचुरियो आर्क र रोजर नेचुरलजस्ता क्लासिक डिजाइनसमेत उपलब्ध छन्।

ठूलो आकारका टायल्स प्रयोग गर्दा सतहमा जोडाइका रेखा कम देखिने भएकाले इन्टेरियर थप आकर्षक र खुला देखिने कम्पनीले जनाएको छ। नयाँ कलेक्सनले वास्तुविद्, इन्टेरियर डिजाइनर तथा घर निर्माण गर्ने ग्राहकलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नेपोभिटले उपभोक्ताको बदलिँदो रुचि र निर्माण क्षेत्रमा विकसित भइरहेका नयाँ डिजाइन प्रवृत्तिलाई ध्यानमा राख्दै उत्पादन विस्तार गरिरहेको जनाएको छ।

स्वदेशमै टायल उत्पादन गर्दै आएको कम्पनीले गुणस्तर, आधुनिक प्रविधि र आकर्षक डिजाइनलाई प्राथमिकता दिँदै नेपाली बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य राखेको छ।

‘हिमालय’ कलेक्सनमार्फत नेपालको प्राकृतिक पहिचानलाई आधुनिक इन्टेरियर डिजाइनसँग जोड्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.