बुधबार, मंसिर ९,२०८३ 04:20:12
  • बुधबार, मंसिर ९,२०८३ 04:20:12
Global IME Bank Limited

विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर

Bizshala
विद्युत चुहावट नियन्त्रणमा सरकारलाई सफलता, लक्ष्यभन्दा तल झर्‍यो चुहावट दर
New Office

काठमाण्डौ । सरकारले विद्युत चुहावट नियन्त्रणमा निर्धारित लक्ष्य हासिल गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विद्युत चुहावट दर १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु वर्षमा विद्युत चुहावट दर १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य दिएको थियो। तर, नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशत कायम भएको छ।

यसअनुसार विद्युत चुहावट दर अघिल्लो वर्षको तुलनामा ०.१० प्रतिशत बिन्दुले घटेको छ भने निर्धारित लक्ष्यभन्दा ०.०४ प्रतिशत बिन्दु कम भएको छ।

CG Motors
Garima Development Bank
IME remit

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको पहलमा चुहावट नियन्त्रणका लागि प्राविधिक जनशक्ति परिचालन, विद्युत वितरण प्रणालीको स्तरोन्नति तथा व्यवस्थापकीय सुधारलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

विद्युत प्राधिकरणका अनुसार विद्युत चोरी, वितरण प्रणालीमा देखिने प्राविधिक समस्या, नियमित मर्मतसम्भारको अभाव तथा लोड व्यवस्थापनका कमजोरी चुहावटका प्रमुख कारण हुन्।

यस्ता समस्या समाधान गर्न प्राविधिक टोलीको परिचालन, विद्युत नेटवर्कको सुधार तथा समस्या देखिनासाथ तत्काल मर्मत गर्ने प्रणालीलाई प्रभावकारी बनाइएको मन्त्रालयको दाबी छ।

ऊर्जामन्त्री श्रेष्ठले विद्युत चुहावटलाई अझै घटाउने गरी प्राविधिक तथा व्यवस्थापकीय सुधारलाई निरन्तरता दिइने बताएका छन्।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार दक्षिण एसियामा औसत विद्युत चुहावट दर १३.८ प्रतिशत रहेको छ। यस आधारमा नेपालको चुहावट दर क्षेत्रीय औसतभन्दा कम देखिएको छ।

विद्युत चुहावट घट्दा वितरण प्रणालीको कार्यक्षमता सुधार हुनुका साथै प्राधिकरणको सम्भावित आर्थिक नोक्सानी कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.