बुधबार, मंसिर ९,२०८३ 03:54:54
  • बुधबार, मंसिर ९,२०८३ 03:54:54
Global IME Bank Limited

ट्रम्पको ट्यारिफ धम्कीबीच भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स १५०० अंकले बढ्यो

Bizshala
ट्रम्पको ट्यारिफ धम्कीबीच भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स १५०० अंकले बढ्यो
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित १६ देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरिरहेको खबरका बीच भारतीय सेयर बजारमा बुधबार उच्च अंकको वृद्धि भएको छ।

एक दिनको सार्वजनिक बिदापछि खुलेको भारतीय सेयर बजारमा सुरुवातदेखि नै खरिदचाप देखिएको हो। बम्बे स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स १५२० अंकले बढेर ८३ हजार ९५६ अंकको आसपास पुगेको छ। त्यस्तै, नेसनल स्टक एक्सचेन्जको निफ्टी–५० सूचक ४३२ अंकले बढेर २५ हजार ७८२ अंकको आसपास कारोबार भएको छ।

CG Motors
Garima Development Bank
IME remit

ट्रम्पको सम्भावित नयाँ व्यापार नीतिका कारण चीन, जापान, दक्षिण कोरिया र ताइवानलगायत एसियाली बजारमा दबाब देखिए पनि भारतीय बजारमा भने उत्साह देखिएको हो।

भारतीय बजारमा आएको उछालको प्रमुख कारण विदेशी संस्थागत लगानीकर्ताको बढ्दो लगानी, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र ठूला कम्पनीहरूको सकारात्मक वित्तीय प्रदर्शनलाई मानिएको छ।

बुधबार बैंकिङ तथा वित्तीय क्षेत्रका कम्पनीका सेयरमा विशेष आकर्षण देखिएको छ। एचडीएफसी बैंक र आईसीआईसीआई बैंकका सेयरमा करिब साढे ३ प्रतिशतसम्म वृद्धि भएको छ। कारोबारका क्रममा १६ प्रमुख क्षेत्रमध्ये १४ क्षेत्रका सूचक सकारात्मक देखिएका छन्।

यसअघि सोमबार भारतीय सेयर बजारमा ठूलो गिरावट आएको थियो। त्यस दिन सेन्सेक्स करिब १४८४ अंकले घटेर ८२ हजार ४३६ अंकमा बन्द भएको थियो।

अमेरिकी ट्यारिफ नीतिको अनिश्चितताबीच भारतीय बजारमा आएको यो सुधारले लगानीकर्ताको मनोबल बलियो रहेको संकेत गरेको छ। यद्यपि, ट्रम्प प्रशासनको आगामी व्यापार नीतिले बजारको भावी दिशा प्रभावित पार्न सक्ने विश्लेषकहरूको आकलन छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.