बुधबार, मंसिर ९,२०८३ 04:08:15
  • बुधबार, मंसिर ९,२०८३ 04:08:15
Global IME Bank Limited

चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

Bizshala
चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका
New Office

काठमाडौं। अमेरिकाले विभिन्न देशबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ। यसबाट चीन, जापान, मेक्सिको र युरोपेली संघ (ईयू) सहित अमेरिकाका १६ वटा देश तथा व्यापारिक समूह प्रभावित हुने भएका छन्।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको प्रमुख हिस्साका रूपमा नयाँ भन्सार शुल्क लगाउने तयारी गरिएको हो। ट्रम्पले आयात शुल्क बढाउँदा अमेरिकाको उत्पादनमूलक उद्योगलाई प्रोत्साहन मिल्ने र रोजगारीका नयाँ अवसर सिर्जना हुने तर्क गर्दै आएका छन्।

CG Motors
Garima Development Bank
IME remit

यसअघि सन् २०२५ अप्रिलमा ट्रम्पले विश्वका विभिन्न व्यापारिक साझेदारमाथि उच्च भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। उक्त निर्णयले विश्वव्यापी रूपमा हलचल मच्चाए पनि पछि ती शुल्क खारेज गरिएको थियो।

त्यतिबेला अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले विदेशी मुलुकमा आवश्यकताभन्दा बढी उत्पादन भइरहेकाले अमेरिकी उत्पादनमूलक उद्योग प्रभावित भएको र लगानी विस्तारमा समेत अवरोध पुगेको तर्क गरेका थिए।

प्रस्तावित नयाँ व्यवस्थाअनुसार विभिन्न देशबाट आयात हुने वस्तुमा फरक–फरक दरमा भन्सार शुल्क लगाइनेछ। सम्बन्धित देशले यसअघि राष्ट्रपति ट्रम्पसँग गरेको व्यापारिक सम्झौताका आधारमा शुल्कको दर निर्धारण हुने बताइएको छ।

नयाँ भन्सार शुल्कको तयारीले अमेरिका र चीनबीचको व्यापारिक तनाव थप बढ्न सक्ने आशंका गरिएको छ। विश्वका दुई ठूला अर्थतन्त्र रहेका यी देश यसअघि पनि व्यापारिक विवादमा अल्झिँदै आएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.