विद्यार्थी दिवसमै राजधानी तातियो, विश्वविद्यालय स्वायत्तताका लागि संयुक्त विद्यार्थी आन्दोलनमा
काठमाण्डौं । ६२औँ विद्यार्थी दिवसको अवसरमा राजधानीमा संयुक्त विद्यार्थी संगठनहरूले विभिन्न मागसहित प्रदर्शन गरेका छन्। त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म निकालिएको विरोध र्यालीले शिक्षा क्षेत्रको नीति, विश्वविद्यालयको स्वायत्तता र विद्यार्थी संगठनको भूमिकाबारे पुनः बहस चर्काएको छ।

