हिउँदमा विद्युत् संकट टार्न भारतको भर, नेपाललाई ३५० मेगावाट आयात र ५६ मेगावाट निर्यातको अनुमति
काठमाण्डौ । वर्षायाममा विद्युत् निर्यात गरेर आम्दानी गर्दै आएको नेपालले आगामी हिउँदमा भने आन्तरिक माग धान्न भारतबाट ठूलो परिमाणमा बिजुली आयात गर्नुपर्ने भएको छ। हिउँदयाममा विद्युत् उत्पादन घट्ने र माग बढ्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति प्राप्त गरेको छ।भारतको विद्युत् मन्त्रालयअन्तर्गतको...

