वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन
काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन पेश गरेको छ । बैठकमा मन्त्रीले विशेषगरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताएकाछन् । उनले...

