देशभर मौसम प्रणाली सक्रिय, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
काठमाण्डौ । देशको मौसम प्रणालीमा हाल पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको मिश्रित प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ।

