पूँजीगत लाभकरपछि बिजुलीको भ्याटमा पनि ‘यू–टर्न’ ?
काठमाण्डौ । सेयरकारोबारमा बढाइएको पूँजीगत लाभकर घटाउने निर्णयपछि सरकारले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) समेत हटाउने तयारी गरेको छ ।चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पहिलोपटक विद्युत् महसुलमा लागू गरिएको भ्याट दुई महिनामै हटाउने दिशामा सरकार अघि बढेको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच...

