वालमार्ट बन्यो १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो रिटेलर कम्पनी
काठमाण्डौ । अमेरिकाको रिटेलर कम्पनी वालमार्ट १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो परम्परागत खुद्रा कम्पनी बनेको छ । यसले वालमार्टलाई प्रमुख प्रविधि कम्पनीहरूसँगको समान स्तरमा पुर्याएको छ, जहाँ नभिडिया, एल्फाबेट (गुगल) लगायतका कम्पनीहरू छन्। यी कम्पनीहरुको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा बढी छ । वालमार्टको यो उपलब्धि यसको बढ्दो ई–कमर्स व्यवसाय र मूल्य–सचेत...

