२० बढीको निर्मम हत्या भएपछि प्रमुख नेताहरुको घरमा तोडफोड र आगजनी
काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा २० जनाभन्दा बढीको निर्मम हत्या भई सयौंलाई गोली प्रहार गरिएपछि आक्रोशित बनेको जमातले दोश्रो दिन सोमबार प्रदर्शनलाई चर्काएको छ । सर्वसाधारण स्वस्फूर्त रुपमा काठमाण्डौका मुख्य ठाउँहरुमा कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।