मंगलवार, आश्विन १३,२०८३ 07:14:07
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:14:07
Bizshala
Global IME Bank Limited

२० बढीको निर्मम हत्या भएपछि प्रमुख नेताहरुको घरमा तोडफोड र आगजनी

Bizshala
२० बढीको निर्मम हत्या भएपछि प्रमुख नेताहरुको घरमा तोडफोड र आगजनी
New Office

काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा २० जनाभन्दा बढीको निर्मम हत्या भई सयौंलाई गोली प्रहार गरिएपछि आक्रोशित बनेको जमातले दोश्रो दिन सोमबार प्रदर्शनलाई चर्काएको छ ।  

सर्वसाधारण स्वस्फूर्त रुपमा काठमाण्डौका मुख्य ठाउँहरुमा कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो क्रममा दोश्रो दिनको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेता तथा सरकारमा सहभागी मन्त्रीहरुको घर तथा आवास क्षेत्रलाई टार्गेट गरिरहेका छन् ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासअघि प्रदर्शन भइरहेको छ । खुमलटारस्थित प्रचण्ड निवासमा ढुंगामूडा भएको छ ।  

बुढानिलकण्ठस्थित देउवाचोकमा रहेको देउवा निवासमा समेत तोडफोड र आगजनीको प्रयासपछि थप सुरक्षाकर्मी खटाइएको छ । 

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा प्रदर्शनका लागि गएकाहरुले आगजनी गरेका छन् । सुरक्षाकर्मी तथा वारुणयन्त्रले अहिले आगो निभाउने काम गरिरहेको छ ।  

प्रदर्शनकारीहरुले काठमाण्डौ, भक्तपुर, ललितपुरका विभिन्न क्षेत्रका प्रहरी बिटमा आगजनी गरेका छन् ।  

कफ्र्यू आदेश तोडेर उनीहरुले प्रदर्शनलाई तीव्र बनाएका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.