कामना सेवाद्वारा पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक: खूद नाफा बढ्दा इपीएस, आरओई लगायतका मुख्य सूचकमा सुधार
काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष(आ.ब. २०८२/८३)को पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा बढाउने सफलता पाएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले १७ करोड ४९ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर चालु आबको सोही अवधिमा १९ करोड ७५ लाखको उचाईमा पुगेको हो ।

