विश्वकप छनोटको तयारी गर्न भुटानी क्रिकेट टोली पोखरा आउँदै, चार अभ्यास खेल खेल्ने
काठमाण्डौ । आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली शनिबार पोखरा आउने भएको छ।नेपाल क्रिकेट संघ (क्यान)को सहयोग तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भुटानी टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने तय भएको छ।मलेसियामा असोज १७ गतेदेखि सुरु हुने विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि भुटानले...

