गोली लागेर गम्भीर घाइते आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजमा उपचार निःशुल्क
काठमाण्डौ । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ।कात्तिक १४ गते बिहान गोली लागेका आदित्यलाई करिब एक घण्टापछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। अस्पताल पुर्याउँदा अत्यधिक रक्तस्रावका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको...

