आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
काठमाण्डौँ । डा. चण्डिकाप्रसाद भट्टले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा बुझाएपछि निगमको नेतृत्व परिवर्तनको विषय चर्चामा आएको छ।

