एडीबीको चेतावनी: मध्यपूर्व संकटले नेपालमा आर्थिक झट्का दिन सक्छ
काठमाण्डौ । मध्यपूर्वमा जारी द्वन्द्वले नेपालजस्तो रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा गम्भीर आर्थिक दबाब सिर्जना गर्न सक्ने चेतावनी Asian Development Bank (एडीबी) ले दिएको छ।एडीबीले सार्वजनिक गरेको ADB Briefs No. 384 अनुसार द्वन्द्वले ऊर्जा मूल्य वृद्धि, आपूर्ति शृंखलामा अवरोध, वित्तीय अवस्थामा कडाइ तथा रेमिट्यान्स प्रवाहमा गिरावट ल्याउने जोखिम बढाएको उल्लेख गरिएको छ।

