अलैँचीको मूल्य बढेपछि बिरुवाको माग बढ्यो
काठमाण्डौ। इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ। प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको हो।