ईरानका सर्वोच्च नेता खामेनीको मृत्यु, सरकारी मिडियाले गर्यो पुष्टि
काठमाण्डौ । ईरानको सरकारी मिडियाले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युको पुष्टि गरेको छ। आज बिहान ईरानी राज्य टिभी र सरकारी समाचार एजेन्सीहरूले खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणमा मारिएका घोषणा गरेका हुन् ।ईरान सरकारले उनको निधनपछि ४० दिनको सार्वजनिक शोक र सात दिनको बिदा घोषणा गरेको छ। खामेनीलाई ‘शहीद’ को रुपमा सम्मान गरिएको छ।

