अन्नपूर्णमा पर्यटक आकर्षण बढ्दो, साउनदेखि चैतसम्म मात्रै पुगे दुई लाख ५१ हजारभन्दा बढी विदेशी पर्यटक
काठमाण्डौं । नेपालको हिमाली पर्यटनको धड्कन मानिने अन्नपूर्ण संरक्षण क्षेत्र पछिल्लो समय विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा अझ सशक्त बन्दै गएको छ। गत साउनदेखि चैतसम्म मात्रै यहाँ दुई लाख ५१ हजारभन्दा बढी विदेशी पर्यटक पुगेका छन् । यो आगमनले पनि यस क्षेत्रको बढ्दो लोकप्रियता स्पष्ट देखाउँछ।विशेषगरी चैत महिना यहाँको पर्यटनका लागि स्वर्णिम सावित भएको छ, जहाँ ६५...

