सिंहदरबारको दक्षिण गेटमा मोटरसाइकल तेस्र्याएर अनेरास्ववियुको प्रदर्शन
काठमाण्डौ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरी विरोध प्रदर्शन गरेको छ।प्रदर्शनकारीहरूले सडकमा मोटरसाइकल रोकेर प्लेकार्डसहित नाराबाजी गरेपछि केही समय उक्त क्षेत्रको यातायात प्रभावित भएको थियो। उनीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

