बुधबार, श्रावण २७,२०८३ 10:54:45
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 10:54:45
Bizshala
Global IME Bank Limited

सिंहदरबारको दक्षिण गेटमा मोटरसाइकल तेस्र्याएर अनेरास्ववियुको प्रदर्शन

Prabhu Bank Limited
सिंहदरबारको दक्षिण गेटमा मोटरसाइकल तेस्र्याएर अनेरास्ववियुको प्रदर्शन
New Office

 

काठमाण्डौ ।  नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरी विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले सडकमा मोटरसाइकल रोकेर प्लेकार्डसहित नाराबाजी गरेपछि केही समय उक्त क्षेत्रको यातायात प्रभावित भएको थियो। उनीहरूले ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

सिंहदरबारको प्रमुख प्रवेशद्वारअगाडि प्रदर्शनका कारण सवारी आवागमन अवरुद्ध भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले प्रदर्शनकारीलाई सडकबाट हटाएपछि यातायात पुनः सामान्य बनेको छ।

प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नुको विस्तृत कारण तथा मागबारे भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.