भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ सुविधासम्पन्न शोरुम
काठमाण्डौ । नेपालका लागि भेस्पा तथा अप्रिलियाको वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ।कम्पनीले स्कुटरप्रति बढ्दो आकर्षण र ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित देशव्यापी नेटवर्क विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम खोलेको जनाएको छ।नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य आधिकारिक शोरुमसरह सेवा...

