रास्वपाले धादिङ–१ बाट आशिका तामाङलाई बनायो उम्मेदवार
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा रास्वपाका नेतृ गणेश पराजुलीले तामाङलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका हुन्।

