काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा रास्वपाका नेतृ गणेश पराजुलीले तामाङलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका हुन्।
तामाङ धादिङ–१ बाट पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिनेछिन्। यस निर्णयसँगै तामाङले यसअघि व्यक्त गरेको काठमाण्डौ क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने सम्भावनालाई त्यागेकी छन्।
राजनीतिक वृत्तमा यो निर्णयलाई रास्वपाको जिल्ला केन्द्रित रणनीति र नयाँ अनुहारलाई क्षेत्रगत रूपमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ। पार्टीले राजधानीभन्दा बाहिर प्रतिस्पर्धात्मक क्षेत्र रोज्दै संगठन विस्तार र स्थानीय प्रभाव बलियो बनाउने लक्ष्य लिएको विश्लेषण गरिएको छ।

