एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनसिपमा फाइनलमा पुगे एसियन पेन्ट्सले १ लाख दिने
काठमाण्डौ । एसियन पेन्ट्स नेपालले एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनसिपमा फाइनल चरणमा प्रवेश गर्न सफल भए नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।कम्पनीले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा क्लब फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख प्रोत्साहन स्वरूप प्रदान गर्ने र प्रतियोगितामा खेलेका हरेक जितका लागि थप २५ हजार प्रदान गर्ने जनाएको छ ।

