आईतवार, असार २८,२०८३ 03:25:58
Bizshala
  • आईतवार, असार २८,२०८३ 03:25:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन पेन्ट्स Kaleidoscope २०८२–८३ पुरस्कार वितरण समारोह सम्पन्न

Laxmi Sunrise Bank Limited
एशियन पेन्ट्स Kaleidoscope २०८२–८३ पुरस्कार वितरण समारोह सम्पन्न

काठमाण्डौ । एशियन पेन्ट्स नेपालले  अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइनप्रतियोगिता २०८२/८३ को १३औँ संस्करणको पुरस्कार वितरणकार्यक्रम २६ असार २०८३ मा एलोफ्ट बाई मेरियट, ठमेल, काठमाण्डौमा सम्पन्न गरेको छ। युवा डिजाइनप्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथा व्यावसायिक क्षमताको सम्मान गर्ने यस कार्यक्रमले शैक्षिक अध्ययन र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ।

कार्यक्रममा नेपाल सरकार, भौतिक पूर्वाधार विकासमन्त्रालयका माननीय सचिव इ. गोपाल प्रसाद सिग्देल प्रमुखअतिथिका रूपमा उपस्थित थिए । साथै, नेपाल सरकार, शहरीविकास तथा भवन निर्माण विभाग , सोसाइटी अफनेपाली आर्किटेक्ट्स , नेपाल इञ्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल ,फेडेरेशन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङफर्म्स , देशका प्रतिष्ठित शैक्षिक संस्थाका प्राध्यापकहरू, ख्यातिप्राप्त आर्किटेक्टहरू, इन्टेरियर डिजाइनरहरू तथाविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Kaleidoscope नेपालका भावी वास्तुकार तथा आन्तरिकडिजाइनरहरूलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय मञ्च हो। प्रतियोगिताले विद्यार्थीहरूलाई उद्योगको वास्तविक कार्यपरिवेशसँग परिचित गराउँदै व्यावहारिक ज्ञान, सिर्जनात्मक  क्षमता तथा पेशागत तयारीलाई अझ सशक्त बनाउन सहयोग पुर्याउँदै आएको छ।

New Office
CG Motors
Garima Development Bank

यस वर्षको प्रतियोगिताले नेपालका उदीयमान डिजाइन प्रतिभाहरूको जोश, सिर्जनशीलता र समर्पणलाई सम्मान गरेको थियो। प्रतिष्ठित वरिष्ठ आर्किटेक्टहरू, सोसाइटी अफ नेपालीआर्किटेक्ट्सका प्रतिनिधिहरू तथा शहरी विकास तथाभवन निर्माण विभागका पदाधिकारीहरू सम्मिलितनिष्पक्ष निर्णायक मण्डलद्वारा बहु(चरणीय मूल्याङ्कनप्रक्रियामार्फत उत्कृष्ट डिजाइनहरूको छनोट गरिएको थियो।

असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताको कदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीहरूलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो भने शीर्ष ३ विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस वर्षको प्रतियोगितामा नेपालका प्रतिष्ठित प्राविधिक शैक्षिक संस्थाहरूबाट सहभागी भएका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। आईओई, थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरेले विजेताको उपाधि हासिल गर्न सफल भए। 

आईओई, पूर्वाञ्चल क्याम्पसका सुमन बिके लेप्रथम उपविजेताको स्थान हासिल गरे भने हिमालय कलेज अफ इन्जिनियरिङकी अदितीरिजाल द्वितीय उपविजेता घोषित भए। 

उनीहरुको सिर्जनात्मक दृष्टिकोण, नवीन डिजाइन अवधारणा तथा प्राविधिक दक्षताले नेपालका भावी वास्तुकार तथा डिजाइनरहरूको उज्ज्वल सम्भावनालाई प्रतिबिम्बित गरेको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विजेता डिजाइनको थ्रीडी मोडेल सार्वजनिक गरिएको थियो, जसले विद्यार्थीहरूकोकल्पनाशीलता र मेहनतलाई जीवन्त रूप दिएको थियो। 

साथै, विजेता अवधारणात्मक डिजाइनलाई शहरी विकास तथा भवननिर्माण विभाग समक्ष औपचारिक रूपमाहस्तान्तरण गरिएको थियो, जसले शैक्षिक सिर्जनशीलतालाईवास्तविक विकाससँग जोड्ने महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.