पहिरो हटेपछि सडकमा यातायात सञ्चालनमा, कतै भने एकतर्फी मात्रै
काठमाण्डौं । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण प्रभावित भएका सडकहरू क्रमशः खुल्न थालेका छन् । अवरुद्ध बनेका राजमार्गहरूमा पहिरो पन्छाउने काम तीव्र भएपछि केही स्थानमा यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।

