बचतकर्ताको रकम सुरक्षाका लागि विशेष नीति अघि सार्ने बागमती सरकारको घोषणा
काठमाण्डौ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन गर्दै बचतकर्ताको रकम संरक्षणलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रमुख प्राथमिकतामा राखेको छ। सहकारी क्षेत्रमा देखिएका वित्तीय अनियमितता र संकट समाधानका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको हो।

