सोमबार, श्रावण १८,२०८३ 11:19:24
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:19:24
Bizshala
Global IME Bank Limited

बागमतीमा ठूलो सुधार योजना लागू, १४ मन्त्रालय अब ८ मात्रै

बागमतीमा ठूलो सुधार योजना लागू, १४ मन्त्रालय अब ८ मात्रै
New Office

काठमाण्डौं । बागमती प्रदेश सरकारले प्रशासनिक संरचना सानो बनाउने र खर्च घटाउने उद्देश्यसहित मन्त्रालयको संख्या पुनःसंरचना गर्ने निर्णय गरेको छ ।  

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ वटा मन्त्रालयमा सीमित गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा ८ वटा मन्त्रालय रहने व्यवस्था गरिनेछ ।

तीमध्ये आन्तरिक मामिला, कानून तथा सहकारी, आर्थिक मामिला तथा योजना, खानेपानी–ऊर्जा–सिँचाइ, भौतिक पूर्वाधार विकास, कृषि–पशुपन्छी–वन तथा वातावरण, स्वास्थ्य तथा सामाजिक विकास, तथा उद्योग–पर्यटन–श्रम–यातायात मन्त्रालय रहने प्रस्ताव गरिएको छ ।

सरकारले मन्त्रालय मात्र होइन, मातहतका कार्यालय संरचनामा पनि ठूलो पुनर्संरचना गर्ने तयारी गरेको छ । हाल १९८ कार्यालय रहेका मध्ये करिब ५० वटा घटाएर १४८ मा सीमित गर्ने योजना छ ।

प्रदेश सरकारका अनुसार यो कदम प्रशासनिक खर्च नियन्त्रण गर्ने, स्रोतको दोहोरोपन घटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले अघि सारिएको हो ।  

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू खर्च घटाउने दबाबबीच संरचनात्मक सुधारलाई प्राथमिकतामा राखिएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनर्संरचना समितिले गरेको अध्ययनपछि यो निर्णयमा पुगिएको हो ।  

समितिले मन्त्रालय संख्या घटाउनेदेखि कर्मचारी दरबन्दी कटौतीसम्मका सुझाव दिएको थियो ।

सोही प्रतिवेदनका आधारमा अब करिब ७०० भन्दा बढी कर्मचारी दरबन्दी घटाउने सुझावसमेत अघि बढाइएको छ ।  

प्रदेश सरकारले यो निर्णय आगामी साउन १ गतेदेखि लागू गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.