प्रहरीकै मोबाइलबाट लिक भयो आरोपी किशोरको भिडियो, हवल्दारमाथि दुई कसुरमा अनुसन्धान
काठमाण्डौ । बाराको सिमरामा तीन वर्षीया बालिकामाथि भएको बलात्कार तथा हत्या घटनामा पक्राउ परेका किशोरको भिडियो बयान सार्वजनिक भएको प्रकरणमा एक प्रहरी हवल्दारमाथि फौजदारी अनुसन्धान सुरु भएको छ।प्रहरी हवल्दार कुमार विकविरुद्ध वैयक्तिक गोपनीयताको हकसम्बन्धी कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले...

