बेस्ट फाइनान्स घाटाबाट नाफामा फर्कियो, वितरणयोग्य नाफा अझै ४४ करोड ऋणात्मक
काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। खुद ब्याज आम्दानीमा सुधार र सम्भावित नोक्सानीबापतको व्यवस्था रिभर्सल हुँदा कम्पनीले नाफामा पुनरागमन गरेको हो। यद्यपि सञ्चित वितरणयोग्य नाफा अझै ठूलो रकमले ऋणात्मक रहेको छ।कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज...

